सवारी साधनको भाडा घटाउने तयारीमा सरकार

माघ २४,काठमाडौँ-सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाउने तयारी थालेको छ । पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएपछि सवारी साधनको भाडा दर कम गराउन लागिएको यातायात व्यवस्था विभागले पहल सुरु गरेको  यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले इमेल खबरलाई जानकारी दिए ।
महानिर्देशक बुर्लाकोटीका अनुसार काठमाडौं उपत्यकालगायत देशभर चल्ने सवारी साधनको यसअघि पनि घाडा घटेपनि प्रवभावकारी तरीकाले यस पटक घटाउने तयारी भएको बताए । आइतबार दिउँसो २ बजे यातायात व्यवसायी र विभागका अधिकारीबीच छलफल गरेर भाडा कति घटाउने भन्नेमा मापदण्डअनुसार निर्णय लिइनेछ । पछिल्लो समय इन्धनको मूल्यमा भारी गिरावट आएपनि सवारी साधनको भाडा नघटाइएको भन्दै विद्यार्थी संगठनहरुले चर्को रुपमा आवाज उठाउँदै आइरहेका छन् ।