भावी रणनीति तय गर्दै नेकपा एमाले

माघ २४,काठमाडौँ -संविधान निर्माण प्रक्रिया, पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक एजेण्डालगायतमा विषयमा छलफल गर्न नेकपा–एमालेको स्थायी कमिटी बैठक आजका लागी बोलाइएको छ । मध्यान्ह १२ बजेपछि पार्टी कार्यालय बल्खुमा बैठक बस्न लागेको सचिव  गोगेश भट्राइले इमेल खबरलाई जानकारी दिए । यसअघि हिजोको लागि बोलाइएको बैठक गृहकार्य नपुगेको र शीर्ष नेताको कार्य व्यस्तताका कारण भन्दै स्थगित गरिएको थियो ।