नेम्वाङ भन्छन् संवाद गनुहोस,संवादहिन वातावरणको अन्त्य गर्नुहोस्

माघ २३,काठमाडौँ – सभामुख सुवासचन्द्र नेम्वाङले संवादहिनताको अवस्था अन्त्य गर्नका लागी दलहरुलाई आग्रह गरेका छन् । नेम्वाङले यही माघ २९ गते बोलाइएको संविधानसभा बैठक अगावै दलहरुबिच संवाद गर्ने वातावरण सिर्जना गर्न समेत दलहरुलाई आग्रह गरेका छन् ।

नेम्वाङले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रीय कमिटीको ज्ञापनपत्र बुझ्ने क्रममा संविधानसभाले प्रश्नावली प्रस्ताव समितिलाई दिएको म्यादलाई दलहरुले सहमति निर्माणका लागि सदुपयोग गर्नुपर्ने बताएका हुन् ।

उनले संविधानसभा दलहरुबीच हुने सहमती अनुसार नै अघि बढ्ने भन्दै एक आपसमा आरोप प्रत्यारोप गर्नुको साटो सके विषयवस्तु र नभए प्रक्रियामा सहमति गर्न दलहरुलाई आग्रह गरेका छन् ।