मनाङ मर्स्याङदीद्धारा ७-० गोलले कञ्चनजञ्गा पराजित

माघ २३ पोखरा – भारतीय क्लब कञ्चनजञ्गालाई ७ ० को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङदी क्लब पोखरामा जारी आहारारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा मनाङ मर्स्याङदी प्रवेश गरेको छ ।

मनाङका लागि सुजल श्रेष्ठले र विशाल राईले २–२ गोल गरे भने शिव श्रेष्ठ, सुशील केसी र कृष्ण कुँवरले १ १ गोल गरेका थिए । भारतीइ क्लब कञ्चनजञ्गाले गोल गर्ने निकै सुनौला अवसर पाएपनि गोल गर्न असफल भएपछि निराश बनेर फर्किने भएको छ । अब क्वाटरफाइनलमा मनाङले त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।