अब गुगल सर्चमा नै देखिन्छ ट्वीट

माघ २३, काठमाडौं  – ट्वीटर र गुगलले अनलाइनमा ट्वीटलाई सजिलै सर्च गर्न सकिने बनाउन साझेदारी गरेको छन्।सन् २०१५ को मध्यबाट पोस्ट् गर्नासाथ ट्वीटहरू गुगल सर्चमा देखिन थाल्ने छन्। यी दुई कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरे पनि औपचारिक जानकारी दिइको छैन।

यी दुई कम्पनीबीच सन् २००९ मा यस्तै सहमति भए पनि गुगलले दुई वर्षपछि सम्झौतालाई कार्यान्वयन नै नगरी खारेज हुन छाडिदिएको थियो । त्यसलगत्तै गुगलले गुगल प्लस थालेको थियो।गुगलले आफ्नो सामाजिक सञ्जालले पनि ट्वीटरले जस्तै रियल टाइम सूचना प्रवाह गर्छ भन्ने ठानेको थियो ।

तर गुगल प्लसले त्यसो गर्न सकेन। गुगलले एउटै साइन इनले सबै सेवामा काम गर्ने व्यवस्था पनि गरेको थियो । एजेन्सीको सहयोगमा