अबको ४ महिनामा संविधान बन्छ : गृहमन्त्री बामदेव

माघ २३, काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अबको ४ महिना भित्र कुनै पनि हालतमा संविधान जारी हुने दावी गर्नु भएको छ ।नेपाल बचत तथा ऋणँ केन्द्रीय सहकारी संघले आयोजना गरेको दुईदिने दोस्रो साकोस शिखर गोष्ठी आज राजधानीमा उदघाटन गर्दै गौतमले आम नेपाली जनताले अपनत्व महशुस हुने संविधान जारी गर्ने प्रतिवद्धता जनाउनु भएको छ् ।

उहाँले संविधान निर्माणको  कार्य प्रारम्भ भैसकेकोले सबै दलहरुको सहमति भए सहमतिमा र नभए अधिकतम सहमतिमाा संविधान जारी हुने धारणा राख्नुभयो ।राजनीतिक अन्यौलताका कारण्ाँ देशमा कलकारखना एवं उद्योग धन्दाहरु राम्रोसंग फस्टाउन नसकेको भन्दै गौतमले संविधान जारी गरी देशलाई आथिर्क समृद्धितर्फ उन्मुख गराउनुपर्नेमा जोड दिनुभएको हो । देशको अर्थतन्त्रमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले आथिर्क र सामाजिक परिवर्तनसंगै उत्पादनमा पनि जोड दिनुपर्ने धारणा  राख्नुभयो।