अब बानेश्वरमा अन्तराष्ट्रियस्तरको फा्लाइओभर बन्ने

माघ २३, काठमाडौं – राजधानीको अति व्यस्त मानिने बानेश्वर क्षेत्र अब अन्तराष्ट्रियस्तरको फा्लाइओभर बन्ने भएको छ । सडक बिस्तार आयोजनाले यस क्षेत्रको अध्ययन गरिरहेको छ । मीनभवन छेउको बागमतीबाट एकैचोटि बबरमहल नजिकको धोबीखोला छेउमा पुग्न सकिने गरी फा्लाइओभर बन्ने भएको बताइएको छ ।

आधा किलोमिटर लामो फा्लाइओभर बनेपछि तीनकुनेतिरबाट माइतीघर जानुपर्ने गाडीहरु बानेश्वरको मूल सडक छाडेर ङ्खलाइओभरमार्फत जानेसक्ने जनाइएको छ ।सडक बिभागले यससम्बन्धी अध्ययन गरेको हो । उपत्यका सडक बिस्तार आयोजनाले शुरु गरेको ४३ किलोमिटर सडक बिस्तार तथा निर्माणँ अभियानका क्रममा यस वर्ष९ दशमलव ७७ किमी सडक सम्पन्न हुने भएको छ ।कुल ४३ किलोमिटरमध्ये हालसम्म करीव १५ किलोमिटरको काम सम्पन्न भइसकेको आयोजना प्रमुख प्रभातकुमार झाले जानकारी दिनुभयो ।करीव २९ किलोमिटर सडकको काम बाँकी रहेकोमा यस आथिर्क वर्र्षमा १० किलोमिटर तयार पार्ने लक्ष्य राखिएको उहाले जानकारी दिनुभयो ।