फेरि घट्ने भयो गाडी भाडा

माघ २३, काठमाडौं – सरकारले सार्वजनिक गाडीको भाडा घटाउने तयारी गरेको छ । ईन्धनको भाउ घटे सगै सार्वजनिक गाडीको भाडा घटाउने तयारी भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको केही दिनमा नै सार्वजनिक गाडीको भाडा घट्ने जनाएको छ ।

मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले ईन्धनको भाउ फेरि घटेकाले केही दिनभित्रै लागू हुनेगरी भाडा घटाउने तयारी भैरहेको जानकारी दिनुभयो । उहा“का अनुसार अहिले कायम भएको भाडादरमा २ प्रतिशत भाडा घट्नेछ । यसअघि गएको पुस ९ गतेदेखि लागू हुने गरी १ प्रतिशत भाडा घटाएको सरकारले यात्रुले राहत नपाएको भन्दै छोटो दुरीमा १ रुपैया घटाएको थियो । तर भाडा घटेपनि यात्रुले भने राहत नपाएको गुनासा गरेका छन् ।
ईन्धनको मूल्यका आधारमा ३५ प्रतिशत र गाडीको पाटपूर्जा, उपभोग्य वस्तुको मूल्य वृ्द्धि तथा चालक र सहचालकको तलव लगायतलाई ६५ प्रतिशत राखेर सार्वजनिक गाडीको भाडादर कायम गर्ने सिद्धान्त अनुसार भाडा घटाउने सचिव सिटौलाले बताउनुभयो ।