प्राथमिकता दिएर जारी राजनीतिक गतिरोध अन्त्य गर्न प्रचण्डलाई सुझाव

माघ २३, काठमाडौं – राष्ट्रपति डा. रामबरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच शीतल निवासमा भेटवार्ताँ भएको छ् । आज विहान भएको भेट वार्तामा राष्ट्रपतिले आन्दोलनलाई भन्दा वार्तालाई प्राथमिकता दिएर जारी राजनीतिक गतिरोध अन्त्य गर्न दाहाललाई सुझाव दिनु भएको छ ।

दाहालले भने कांग्रेस र एमालेले सहमतिको वातावरण बिगारेको भन्दै दलहरुबीच बढेको ध्रुविकरण रोक्न सत्तापक्षिय दलहरुले नै पहल गर्नुपर्ने बताउनु भयो । राष्ट्रपतिले सत्तारुढ तथा विपक्षि  दलका नेताहरुलाई बोलाएर सहमतिका साथ अघि बढ्न र वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दै आउनु भएको छ । गत बुधबार कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र हिजो एमाले अध्यक्ष केपी ओलीस“ग छलफल गरेका राष्ट्रपतिले आज दाहालसग छलफल गर्नु भएको हो ।