१० दिनदेखि ठप्प बनेको वीरेन्द्र बहुमुखी क्याम्पस आजबाट सञ्चालनमा

माघ २३, चितवन- १० दिनदेखि ठप्प बनेको चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस आजबाट सञ्चालनमा आएको छ । विद्यार्थी सङगठन र क्याम्पस प्रशासनबीचको विवादका कारण्ँ ठप्प बनेको क्याम्पस सहमतिपछि आजबाट सञ्चालनमा आएको क्याम्पस प्रशासनले जनाएको छ ।

वीरेन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघले कारागारभित्रै आक्रमण्ँमा परी मारिएका शिव पौडेलको स्मृतिमा सरस्वतीको मन्दिर बनाएपछि उत्पन्न विवादका कारण्ँ क्याम्पसका सबै गतिविधि बन्द भएको हो । बिहीबार भएको वार्ताले आजदेखि सबै क्रियाकलाप सञ्चालन गर्ने र क्याम्पस प्रमुखसहितले दिएको राजीनामा फिर्ता लिने सहमति भएको हो ।

विभिन्न व्यक्तिको नाममा जबर्जस्ती मूतिर्लगायत भौतिक संरचना बनाउने क्रम बढ्न थालेको भन्दै क्याम्पस प्रमुखसहित छ जनाले राजीनामा दिएका थिए । सरस्वती पूजाको दिनमा उक्त मन्दिर अज्ञात समूहले भत्काइदिएको थियो । त्यसपछि वीरेन्द्र बहुमुखी क्याम्पस नेविसङघ एकाइ समितिले क्याम्पस प्रशासनले मन्दिर भत्काएको भन्दै आन्दोलन सुरु गरेपछि १० दिनदेखि क्याम्पस बन्द हुन पुगेको हो ।