सिद्धार्थले मालालाई चुम्वन गरेपछि !

काठमाडौं -फागुन १ मा रिलिजको तयारीमा रहेको तथा पछिल् समय ब्यापक प्रचार प्रसारको क्रममा रहेको सिनेमा ‘वान वे’ को शिर्ष गीत रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक ‘रोबिन एण्ड द रिभोलुशन’ टिमको को तर्फबाट तयार भएको यो गीत सिनेमा रिलिजको मिति नजिक आउँदै गर्दा निर्माण कम्पनी आरसी पिक्चर्सले सार्वजनिक गरेको हो ।

गीतमा सिनेमाभित्र समावेश लि कलाकार रहेका पप तथा र्यापर सिंगर रोबिन तामाङ तथा उनका ब्याण्ड टिमको स्वर तथा कम्पोज छ । सिनेमा डा। प्रदिप भट्टराईको कथामा तयार भएको हो । जहाँ रोबिनसँगै सिद्धार्थ गुरुङ, माला सुब्बा, करिष्मा मानन्धर लगायतको अभिनय छ । ‘वान वे’ लाई सुरजसुब्बा नाल्बोले निर्देशन गरेका हुन् ।