नेपाल टेलिकमको मोबाइलमा पम्पर डिस्काउन्ट

माघ २२, काठमाडौं -आफ्नो ११ बर्षगाँठ मनाउने क्रममा नेपाल टेलिकमले एक साताको लागि सबैखाले मोबाइल सेवामा छुटको घोषणा गरेको छ। आफ्नो वार्षिकोत्सवका अवसरमा माघ २२ देखि २९ गतेसम्मका लागि छुटको घोषणा गरिएको हो। जिएसएम तथा स्काइ पोस्टपेड मोबाइल चलाउनेले प्रतिमिनेट १ रुपैयाँ तिर्दै आएकोमा यो अवधिमा ८९ पैसामात्र तिर्नुपर्नेछ। त्यस्तै प्रिपेड सेवाग्रहीले १ रुपैयाँ ५० पैसा तिर्दै आएकोमा १ रुपैयाँ ३३ पैसामा कल गर्न सकिने भएको छ। त्यस्तै नयाँ पोस्टपेड सिम लिँदा तीन महिनामा सकिसक्नुपर्ने गरी १ जिवी डेटा फ्रि दिने भएको छ। प्रिपेड सिममा भने २ सय एमबी डेटा फ्रि दिने जनाएको छ। यो सुविधा जिएसएम र स्काइ दुवैमा लागू हुन्छ।