प्रमोदको दुइ उत्कृष्ट भिडियोमा सनम

काठमाडौं- पछिल्लो समय सुगम सगीत मा चर्च बटुल्न सफल गायक प्रमोद खरेल का दुइ उत्कृष्ट गीत एकै साथ् बजारमा आएका छन् । जस मध्य दुइ ओटै भिडियोमा पछिल्लो समयका चर्चित मोडल सनम कठायतले अभिनय गरेका छन् । बर्ष को सर्बाधिक चर्चा बटुल्न सफल गीत “अन्त माया लाको भए ” सन्तोष के सी को संगीत, बासुदेब पराजुलीको सब्द र प्रमोद खरेल को स्वर मा सजिएको कर्णाली इन्टरटेडमेन्टले बजार ब्यबस्थापन गरेको हो । उक्त भिडियो को निर्देशन ससान कडेल ले गरेका हुन् ।

त्यस्तै यसै हप्ता प्रमोद खरेल कै स्वर मा रहेको राज कुमार बगर को संगीत तथा सुगम तामाङ्को शब्दमा सजिएको “तिम्रै झल्को” बोलको गीत बागिना म्युजिकले बजार ब्यबस्थापन गरेको छ । उक्त भिडियोमा पनि सनम कठायत को साथमा सम्झना कार्कीलाइ देख्न सकिन्छ ।