नेपाल टेलिकमले आज ११ औं वाषिर्कोत्सव

माघ २२,काठमाडौं- नेपाल टेलिकमले आज ११ औं वाषिर्कोत्सव मनाउँदैछ । वाषिर्कोत्सवको अवसरमा टेलिकमले आफ्नो सेवा अझै गुणतस्तरीय, सर्वसुलभ एवं अत्याधुनिक बनाउने प्रतिबद्धता जनाएको छ ।

२०६१ मा टेलिकम कम्पनीमा परिणत हँुदा चार लाख ग्राहक रहेकामा ११ वर्षको अवधिमा अहिले एक करोड १७ लाख १५ हजार ग्राहक पुगेका टेलिकमले जनाएको छ । यसमध्ये जिएसएममा ९६ लाख ५७ हजार, सिडिएमएमा १२ लाख ९५ र साधारण टेलिफोन पिएसटिएनमा ६ लाख ५९ हजार ग्राहक छन् । सबै जिल्लामा टेलिफोन, एडिएसएल, जिपिआरएस, पिडिएसएन पुगेको टेलिकमले जनाएको छ ।
नेपालको ९५ प्रतिशतभन्दा बढी जनसंख्यामा पुगेको टेलिफोनको पहुँच मध्य टेलिकमले मात्र ४५ प्रतिशतभन्दा बढी बजारको हिस्सा ओगटेको छ । टेलिकमको बजारमा इन्टरनेट डेटा सेवामा ५८ लाख ३६ भन्दा बढी ग्राहक छन, यसमा अधिकांश मोबाइल सेवाका छन् । मोबाइलमा जिपिआरएस र थ्रिजी सेवा छन् । वाषिर्क २० अर्ब भन्दा बढी राजस्व बुझाउँदै आएको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कम्पनीले आफ्नो सेवा तथा पहुँचलाई विस्तार गरेसँगै यसको ग्राहक सङख्या बढेको हो ।
यसैबीच टेलिकमले आफ्नो सेवाबारे ग्राहकलाई सहजरुपमा जानकारी गराउन नयाँ सेवा ‘मोबाइल एप’ सुरु गरेको जनाएको छ ।