प्रचण्ड नेतृत्वको मोर्चाले ओलीलाई भन्यो ‘पागल’

माघ २१, काठमाडौँ – एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मानसिक सन्तुलन ठीक नभएको ठहर गर्दै उपचार गर्न सल्लाह दिएको छ ।

३० दलीय मोर्चाको आज विहान बसेको बैठकले ओलीले विपक्षी दलहरुलाई अराजनीतिक र भ्रामक आक्षेपहरु लगाएको भन्दै ओलीमा मानसिक असन्तुलन भएको आशंका उत्पन्न भएकोले तत्काल उपचारको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।
केही दिनअघि एमाले अध्यक्ष ओलीले एक सार्वजानिक कार्यक्रममा एमाओवादीलाई १० अर्ब रुपैया“ दिएमा संविधानसभामा जारी अवरोध हट्ने अभिव्यक्ति दिनुभएको थियो ।
मोर्चाको बैठकले विपक्षीमाथि लगाएको सो आरोप अराजनीतिक, निराधार र भ्रामक भन्दै अभिव्यक्तिको भत्सर्ना गरेको छ । बैठकले ओलीले स्वास्थ्य अवस्था सामान्य भएको अवस्थामापनि यस्तो बोलेको भए उहा“ले उठाउनु भएको विषयमा उच्चस्तरीय छानविन आयोग गठन गरी सत्य तथ्य बाहिरा ल्याउन समेत माग गरेको छ ।
यसैगरी मोर्चाले भोलिका लागि बोलाइएको संविधानसभाको बैठक बहिस्कार गर्ने निणर्य गरेको छ । संविधान निर्माण्ँमा सत्तापÔले थालेको प्रक्रिया फिर्ता नलिएसम्म संविधानसभाको बैठकमा नजाने भन्दै बहिस्कार गर्ने निणर्य गरेको बैठकपछि मोर्चाका नेताहरुले बताएका छन् । बैठकपछि एमाओवादी नेता गिरीराजमणि पोखरेलले बहुमतीय प्रक्रिया खारेज नभएसम्म मोर्चाका सभासद्हरु संविधानसभा बैठकमा नजाने निर्णय भएको जानकारी दिनुभयो । प्रश्नावली समितिको प्रतिबेदनमाथि छलफल गर्न भोली संविधानभासको बैठक बस्दैछ ।