साढे पाँच अर्ब घाटामा रहेको प्राधिकरणमा ६६ करोड प्रोत्साहन भत्ता

माघ २१,काठमाडौँ-पाँच अर्ब ७० करोड घाटा रहेको विद्युत् प्राधिकरणले करिब ६६ करोड रुपैयाँ व्ययभार पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता ९इपीआर० दिने निर्णय गरेको छ । प्राधिकरणले वितरण तथा ग्राहक सेवा ९डीसीएस० अन्तर्गतका करिब साढे आठ हजार कर्मचारीले १ माघबाट पाउने गरी इपीआर लागू गरेको हो ।
प्राधिकरण सञ्चालन समितिको १९ पुसमा बसेको ६९४ औं बैठकले वितरण तथा ग्राहक सेवा ९डीसीएस० निर्देशनालयका कर्मचारीलाई इपीआर दिने निर्णय गरेको हो । गत आर्थिक वर्ष ०७०र७१ मा प्राधिकरणको घाटा पाँच अबै ७० करोड ४२ लाख ४० हजार रुपैयाँ छ । सरकारले आव ०६७र६८ सम्मको २७ अर्ब १८ करोड ८१ लाख रुपैयाँ घाटालाई अपलेखन गरी मिन्हा दिएको  छ ।

अर्थ मन्त्रालयले यसअघि थप वित्तीय दायित्व सिर्जनाको निर्णय आफ्नो सहमति लिएर मात्रै गर्न घाटामा रहेको संस्थानलाई परिपत्र गरेको थियो । तर, अर्थमन्त्रालयसँग सहमति नै नलिई प्राधिकरणले करोडौंको वित्तीय भार पर्ने निर्णय गरेको हो ।