नेकपा–माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

माघ २१, काठमाडौँ – मोहन वैद्य नेतृतवको नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टीको नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा बस्ने बैठकमा अध्यक्ष बैद्यले अगाडि सानु भएको प्रस्ताव माथि छलफल हुने भएको छ । आईतबार देखि जारी बैठकमा अध्यक्ष वैद्यले दुई महिने अभियानात्मक संघर्षका कार्यक्रम सहितको प्रस्ताव अघि सार्नु भएको छ ।

अध्यक्षको प्रस्ताव माथि छलफल गरेर निर्णयमा पुगिने सचिव देव गुरुङले जानकारी दिनुभयो । संविधान निर्माणका लागि सत्ताधारी र विपक्षी दलबीचको मतभेद सम्बन्धी पनि बैठकमा छलफल हुने सचिव गुरुङले बताउनुभयो ।