प्रश्नहरु निमार्ण कार्य आज सम्ममा सक्ने

माघ २१, काठमाडौँ – प्रस्ताव निमार्ण समितीले संविधानका विवादीत अन्र्तबस्तुका प्रश्नहरु निमार्ण कार्य आज पनि जारी रहने भएको छ । अग्नीप्रसाद खरेल नेतृत्वको ९ सदस्यीय उपसमितिले विवादित मध्ये आंशिक प्रश्नावली तयार गरि हिजोको पुर्ण बैठकमा पेश गरेको छ भने बाँकी विषयको प्रश्नहरुरु तयार पार्ने काम गर्दै छ । उपसमितिले आज विहानैदेखि बैठक बसेर दिउँसो ३ बजेसम्ममा पुरै प्रश्नावली बनाई सक्ने प्रयास रहने जनाएको छ ।

पुर्ण प्रश्नावली तयार भएपछि प्रश्नावली प्रस्ताव समितिको पुर्णबैठकले पारित गरेपछि त्यसलाई भोली बस्ने संविधानसभाको बैठकमा छलफलका लागि प्रस्तुत गरिने संविधानसभा सचिवालयले जनाएको छ । आज सम्म सबै विषयको प्रश्नावली तयार हुन नसके प्रश्नावली निमार्णका लागी थप पाँच दिन समय थप्न सकीने संविधान सभाका सभाध्यक्षले यस अघि नै संकेत गरिसक्नु भएको छ । उपसमितिको आंशिक प्रतिवेदनमाथि हिजोको प्रश्नावली प्रस्ताव समितिको बैठकमा पनि छलफल भएको थियो ।