मधेशी मोर्चा स्पष्ट दुई धारमा

माघ २१,काठमाडौँ-विपक्षी मोर्चामा आवद्ध मधेशकेन्द्रित ८ दलहरुबीच संविधान निर्माणका लागि सुरु भएको प्रक्रिया रोक्नुपर्ने वा खारेज गरेर आन्दोलनमा उत्रनुपर्ने भन्नेमा दुई धार देखिएको छ । प्रमुख विपक्षी एमाओवादीले मोर्चा आवद्ध सभासद्हरुले सामूहिक राजीनामा दिनुपर्नेसम्मको अवस्था आउन सक्ने अनौपचारिक प्रस्ताव राखेपछि मधेशी मोर्चाका नेताहरुबीच मत विभाजन देखिएको हो ।

विवादकै कारण मधेशी मोर्चा आवद्ध दलहरुले संयुक्त आन्दोलनमा जाने निर्णय गरेपनि त्यसको स्वरुप टुंग्याएका छैनन् । संविधानसभामा सबैभन्दा ठूलो उपस्थिति रहेको मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक०, तराई(मधेश लोकतान्त्रिक पार्टीसहितका दल सभा भित्रै संघर्ष गरेर मधेशीका हक(अधिकारसहितको संविधान लेख्न सकिने पक्षमा उभिएको छ । त्यसका लागि दवाव सिर्जना गर्न मधेशमा विरोध र आन्दोलन गर्नुपर्ने ती दलको निष्कर्ष रहेको छ ।

मधेशी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टी भने सभाभित्रबाट सहमति हुने सम्भावना कम रहेको भन्दै कडा आन्दोलनमा जानुपर्ने पक्षमा छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महत्तोले मोर्चाको बैठकमा पेस गरेको आन्दोलनको स्वरुपलाई अन्य दलले अस्वीकार गरेका थिए ।आजको कान्तिपुरमा खबर छ ।

ुउपेन्द्रजीले त फेरी लडाइर्ँ नै गर्नुपर्ने । लडाइ नगरी अब मधेशको हक अधिकार आउनेवाला छैन भनेर बैठकमा पटक(पटक कुरा राख्नुयो । तर, अरुले त्यसमा साथ दिएनन्ु, विवाद हुने भएपछि विरोधको ठोस स्वरुप तय नभएको जानकारी दिंदै मोर्चाका एक नेताले बताए ।