जानकी मेडिकल कलेजमा पढाइ बन्द, मारमा विद्यार्थी

जनकपुर- व्यवस्थापकीय लार्पवाहीका कारण  जानकी मेडिकल कलेजको पढाई बन्द भएको छ । पढाइ बन्द भएपछि कलेजमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ । ३६ लाखसम्म डोनेशन दिएर एमबीबीएस पढ्न भर्ना भएका विद्यार्थीहरुको दशै तिहार पछि अबरुद्ध बनेको पठनपाठन अझै खुल्न सकेको छैन ।

व्यवस्थापनमा जो कोही आए पनि ,कर्मचारी तथा प्राध्यापकहरुले ढिलो चाडो तलव पाउने नै छन् तर हाम्रो पढाई त फेरी हुन सक्दैनु एमबीबीएस फाईनल ईयरका विद्यार्थीको गुनासो छ ।

कलेज व्यवस्थापन,शिक्षा मन्त्रालय तथा मेडिकल काउन्सिलप्रति आक्रोशित विद्यार्थीहरु नियमित कक्षा तथा ओपिडीअस्पताल संचालनका लागी क्याम्पस व्यवस्थापनसंगै स्थानीय प्रशासन समक्ष गुहार लगाउँदै आए पनि हालसम्म कहि कतैबाट कुनै सुनुवाई नभएको दुखेसो पोख्छन् ।