मोर्चा बिनै एक्लै गाउँ पस्ने तयारीमा एमाओवादी

माघ २१, काठमाडौँ-संविधानसभामा मधेसवादी दलहरुसँग मोर्चाबन्दी गरेर अगाडी बढ्ने निर्णय गरेको एमाओवादी मधेसी र्मोचा बिनै गाउँ जाने भएको छ ।

सत्तासाझेदारको आडमा संविधानसभाका अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको एमाओवादीका शीर्ष नेताहरु भोलीदेखि देश दौडाहामा जाने तयारीमा रहेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए  ।

शर्माका अनुसार अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार मध्य तराइका जिल्लाका आन्तरिक प्रशिक्षणमा जाने तय भएको छ । वरिष्ठ नेता बाबुराम भट्टराई पश्चिम नेपाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पूर्वी नेपालको कार्यक्रमका लागि यसै साता जाँदैछन् ।

महासचिब कृष्णबहादुर महराका अनुसार नेताहरु फागुनको दोस्रो सातामात्र राजधानी र्फकने छन् । प्रमुख दलहरुबीच तत्काल वार्ताको वातावरण नबनेकाले प्रमुख नेताहरु जिल्ला जान लागेको र तत्काले राजधानी नर्फकिने स्रोतले जनाएको छ ।

यसैबिच मधेसी मोर्चाबिच पनि संविधानसभा बहिष्कार गर्ने वा संविधानसभामा नै रहने भन्ने विषयमा मत बाझिएको छ ।