विज्ञ र सरोकार पक्ष समेटेर सेमेस्टर बारे त्रिविले सुझाव कार्यदल बनाउने

माघ २१, काठमाडौँ-त्रिभुवन विश्वविद्यालयले केन्द्रय क्याम्पस कितीपुरमा गत बर्ष देखि लागु गरेको सेमेष्टर प्रणाली प्रभावकारी बन्न नसकीरहेका बेला उपत्यकाका अन्य क्याम्पसमा पनि सेमेस्टर प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा सुझाव लिन विज्ञ र सरोकार पक्ष सम्मिलित कार्यदल गठनको तयारी गरेको छ।

यसै वर्षदेखि उपत्यकाका सम्बन्धनप्राप्त कलेजबाट सेमेस्टर प्रणालीमा शिक्षण गराउने तयारी गरेको विश्वविद्यालयले विद्यार्थी सङ्गठनको असहमतिका कारण हाललाई स्थगन गरी कार्यदल गठन गरी सुझाव लिने तयारी गरेको छ । यसैबिच त्रिविले  विद्यार्थी सङ्गठनसँगको थप सहमतिका आधारमा सेमेस्टर प्रणालीलाई विस्तार गरिने जनाएको छ ।

त्रिविले विश्वका धेरै मुलुकमा यो प्रणाली कार्यान्वयनमा आइसकेको तथा नेपालमा पनि अधिकांश विश्वविद्यालयमा यो प्रणाली भएकाले अब वार्षिक प्रणालीको शिक्षालाई विस्थापन गर्नुपर्ने जनाएको छ । त्रिविले विदेशी डलर खपत गराउने उदेश्इले विद्यार्थीलाई भार पर्ने गरी सेमेष्टार प्रणाली जबरजस्ती लाद्न खोजेको भन्दै पूर्वाधारको तयारी विना सेमेस्टरमा जान नहुने बताउँदै आएका छन् । उपत्यकामा ३६ निजी कलेज सेमेस्टर प्रणाली लागु गर्ने तयारीमा रहेका छन् ।