आहारारा गोल्डकपमा आयोजक सहारा क्लब पहिलो चरणबाटै बाहिरियो

माघ २०,काठमाडौं – आयोजक सहारा क्लब आहारारा गोल्डकप फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बाराको नव जनजागृति क्लबसँग टाइबे्रकरमा पराजित भएपछि उपाधि जित्ने सहाराको सपनामा यसपटक पुर्णविराम लागेको हो ।

निर्धारित र अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेलको टुंगो टाइब्रेकरबाट लिइएको हो । निर्धारित समयमा सहारा क्लबका लागि अनिल ओझा, अनिल गुरुङ र सुवास गुरुङले गोल गरे भने नवज्योतीका लागि रवी पासवान एक तथा कुमार गरुङले दुई गोल गरे ।