माग पुरा नभए संविधानसभा र्घेछौँ : हिन्दूराष्ट्र संयुक्त संघर्ष समिति

माघ २०, काठमाडौँ-  हिन्दु राष्ट्र संयुक्त संघर्ष समिति नेपालले आफ्ना माग पुरा नभए आगामी फागुन १ गते संविधानसभा भवन घेराउ गर्ने चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेनलमा हिन्दूराष्ट्र संयुक्त संघर्ष समिति नेपालका अध्यक्ष कुमार बहादुर थापाले आफूहरुले संवैधानिक हिन्दुराष्ट्र कायम राख्नु पर्नै, गाईको हत्या गर्ने काम तत्काल राकिनुपर्नै र जबरजस्ती वा लोभ लालचमा पारि धर्म परिवर्तन गर्नै संघ संस्थालाई कानूनी कारबाही गर्नूपर्नै माग अघि सारेको बताए ।

विदेशी शक्तिले मुलुकका ग्रामिण भेगमा बसोबास गर्ने गरिव परिवारलाई लोभ लालच, जवरजस्ती तथा विभिन्न प्रलोभनमा पारि धर्म परिवर्तन गर्नै कार्य तत्काल रोक्नु पर्ने समितिले जनाएको छ ।

समितिले आफ्ना माग पुरा नभए आगामी फागुन १ गते संविधानसभा भवन घेराउ गर्नै, जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, २ घण्टा चक्का जाम गर्नै, १ घण्टा बत्ति निभाउनेलगायतका दवावमुलक कार्यक्रम गर्ने जनाएको छ ।