बेलायतमा गगन थापालाई कालो झण्डा देखाइयो

माघ २०, काठमाडौँ- चर्चित युवना नेता तथा काँग्रेस सभासद गगन थापालाई बेलायतमा नेपालीहरुले कालो भण्डा देखाएका छन् । थापा सहभागी कार्यक्रममा यहाँका विभिन्न जनजाती समुदायले कालो झण्डा सहित नाराबाजी गरेर कार्यक्रम स्थलमै गगन थापाको बिरोध गरेका हुन् ।

पहिचान बिरोधीको रुपमा संघियता बिरुद्ध उभिएको भन्दै बेलायतमा रहेका जनजातीहरुले बिरोध गरेका हुन् । गगन थापा बिरुद्ध मुद्र्दावादको नारा लगाउँदै उनिहरुले संघियता बिरोधी मुर्दावाद, पहिचान बिरोधी मुर्दावाद भन्दे नाराबाजी गरेका थिए ।

उनीहरुले चर्को नारा लगाउँदै आफुले लगाएको कालो कोट फुकालेर समेत बिरोध जनाएका थिए । यसरी थापालाइृ बिरोध जनाइएको सम्भवत यो पहिलो पटक हो ।