प्रश्नावली उपसमितिले बुझायो आंशिक प्रतिवेदन

माघ २०, काठमाडौँ- संविधानका विवादित बिषयमा प्रश्नावली तयार गर्ने जिम्मा पाएको उपसमितिले आंशिक प्रतिवेदन प्रश्नावली प्रस्ताव समितिको पुर्ण बैठकमा पेश गरेको छ । अग्नीप्रसाद खरेल नेतृत्वको ९ सदस्यीय उपसमितिले विवादित मध्ये आंशिक प्रश्नावली तयार गरि आजको पुर्ण बैठकमा पेश गरेको समिति सदस्य गंगालाल तुलाधरले सीआईएनलाई जानकारी दिनुभयो ।

उपसमितिको आंशिक प्रतिवेदनमाथिको आजको प्रश्नावली प्रस्ताव समितिको बैठकमा पनि छलफल भएको छ । तर पुरै प्रश्नावली नआएकोले टुङग्याउन नसकिएको तुलाधरले बताउनुभयो ।

उपसमितिले भोली विहानैदेखि बैठक बसेर दिउँसो ३ बजेसम्ममा पुरै प्रश्नावली बनाई सक्नुपर्ने छ । पुर्ण प्रश्नावली तयार भएपछि प्रश्नावली प्रस्ताव समितिको पुर्णबैठकले पारित गरेपछि त्यसलाई पर्सी बस्ने संविधानसभाको बैठकमा छलफलका लागि प्रस्तुत गरिने संविधानसभा सचिवालयले जनाएको छ ।