बिहिबारको संविधानसभा बैठकमा एमाओवादी नजाने

माघ २०, काठमाडौँ- प्रमुख प्रतिपक्ष दल एमाओवादीले आगामी बिहीबारका लागि बोलाइएको संविधानसभा बैठकमा सहभागी नहुने भएको छ । आन्दोलन रोक्न बैठक बोलाइएको भन्दै बैठक बहिष्कार गर्ने निस्कर्ष निकालीएको हो ।

संविधानसभाको प्रक्रियामा सहभागी नहुने भन्दै एमाओवादीलगायतका विपक्षीले राजधानीबाहिर आन्दोलन चर्काउने घोषणा गरेका बेला सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक आगामी माग २२ गते बिहीबार एक बजे बस्ने गरी डोकेका छन्। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अनिश्चितकालका लागि स्थगित संविधानसभाको बैठक बिहीबारका लागि बोलाएपछि एमाओवादीले त्यस्तो घोषणा गरेको हो।