होटलमा हुने यौनक्रिडा अब सडकमै

माघ २०,जनकपुर- जनकपुरका लजहरुमा खुलेआम यौनधन्दा संचालन हुन थालेको छ। पहिले लज तथा होटलमा लुकीछिपी यौन धन्दा चलाउने यौनकर्मीहरु अब सडकमै आएर गा्रहक खोजी तथा बार्गेनिङ गर्न थालेका छन्। यौन धन्दा फस्टाएको र यसले समाजमा नकारात्मक प्रभाव परेको भन्दै स्थानीयबाट धेरै गुनासा र उजुरी भएपछि प्रहरीले अप्रेशन सुरु गरेको छ।प्रहरीले सोमबार साँझ जनकपुरको काठमाडौं गेस्ट हाउस र गिरिजा लजमा छापामारी गरि यौनकर्ममा लागेका दुईवटा जोडीलाई नियन्त्रणमा लिएको छ तर लज संचालकहरुलाई भने कुनै कारबाही गरेको छैन।

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आपत्तिजनक अवस्थामा पक्राउ गरेका दुई जोडी मध्ये एउटाको श्रीमान वैदेशिक रोजगारमा रहेको पाइएको छ भने अर्को जोडी स्थानीय रहेको प्रहरी निरीक्षक रविशंकर यादवले बताए । पक्राउ परेकाहरुलाई सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाइएको जानकारी समेत यादवले दिए। स्तो धन्दा संचालनमा प्रहरीको समेत मिलोमतो रहने गरेको स्थानीयको आरोप छ । लजमा हुने यस्ता धन्दाले सामाजिक विकृती बढेको भन्दै स्थानीयले पटकपटक प्रहरीकहाँ उजुरी गर्दा पनि केही कारबाही नभएको यहाँका बासिन्दाको छ। स्थानीय जनक चोक, राम चोक र शिव चोकमा यौनकर्मी महिलाहरु ग्राहकसँग मोलमोलाइ गर्ने गर्छन्।