संविधानसभा रोकिदैन, संविधान आउँछ : प्रम कोइराला

माघ २०, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले कुनै पनि अवस्थामा संविधान जारी गरेरै छोड्ने बताएका छन् । संविधानसभाले गरेको निर्णय फिर्ता नहुने स्पष्ट पार्दै प्रम कोइरालाले जनताले संविधान पाउन इच्छालाई आफुले तुसारापात नगर्ने दोहोर्याएका हुन् ।

मंगलबार रिपोटर्स क्लबको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सरकार अझै पनि सम्वाद र सहमतिका लागि लचिलो रहेको बताउँदै उनले माओवादी वार्तामा आएपनि नआएपनि संविधान भने आउने बताएका हुन् ।

संविधानसभाको प्रक्रिया नरोकिने भन्दै उनले लोकतान्त्रिक विधिबाट संविधान लेखनको प्रक्रिया अघि बढाउँदा कसैले प्रश्न उठाउनुपर्ने वा टाउको दुःखाउनुपर्ने अवस्था नरहेको बताए।

उनले सहमति र सम्वादका नाममा धेरै समय खेर गइसकेको बताउँदै अब सहमतिका लागि भनेर धेरै पर्खिने अवस्था नरहेको बताए।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले निकासको बाटो आन्दोलन नभएकाले जनताले आन्दोलनमा साथ नदिने पनि दावी  गरेका छन्  ।