चाम्सले १ करोड ७० लाखमा ‘ह्याप्पी डेज’ बनाउने

काठमाण्डौ – थुप्रै चर्चित म्यूजिक भिडियोको निर्देशन पछि चलचित्र ‘हँसिया’बाट चलचित्र निर्देशनमा आएका मिलन चाम्सले अर्को चलचित्र निर्देशन गर्ने भएका छन् । ‘ह्याप्पी डेज’ नामक चलचित्र बनाउने कसरतमा रहेको उनले बताएका छन्, जसको लागत डेढ करोड माथीको हुनेछ ।

बेलायत, स्कटल्याण्ड र वेल्जियममा छायांकन हुने चलचित्र ‘ह्याप्पी डेज’मा कोरियोग्राफर रेनशा वान्तवा राइको कथा, पटकथा तथा संवाद गणेश देव पाण्डेको रहनेछ । चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लोको उक्त चलचित्रलाई राजेन्द्र भट्टले लगानी गर्ने छन् ।

चलचित्रमा हलिउडका अनुभवी प्राविधिकहरुले पनि काम गर्ने निर्देशक चाम्सले जानकारी दिएका छन् । मार्च २ तारिकका दिन चलचित्रको औचपारिक घोषणा गरिने पनि मिलने बताए । चलचित्रमा स्टारकाष्ट रहेको बताइएको छ । हाल चलचित्रका लागी कलाकारहरुको छनोट कार्य भइरहेको निर्माता भट्टले बताए ।