ईन्डोनेसियाले दुई अस्ष्ट्रेलियन नागरिकहरुलाई मृत्युदण्ड दिने

काठमाडौँ-ईन्डोनेसियाले, दुई अस्ष्ट्रेलियन नागरिकहरुलाई मृत्युदण्ड दिने भएको छ । त्यहाँका महान्ययधिबक्ताका अनुसार एन्ड्रेउ चान  र म्याउरन सुकुमारानलाई लागुपदार्थ ओसारपसार गरेको आरोप लगाईएको छ । जिबनरक्षाका लागि उनिहरुले गरेको अपिल समेत अस्वीकृत भईसकेकाले उनिहरुलाई अब मृत्युदण्ड दिईन लागिएको हो । लागु औषध ओसारपसारबारे ईन्डोनेसियामा कडा कानुन छ । कानुन कार्यन्वयन गर्दै ईन्डोनेसियाले कुटनैतिक दबाब पनि झेल्दै आएको छ । गत महिनामात्रै नाईजेरिया, भियतनाम, ब्रजिल, नेदरल्याण्ड लगायत देशका नागरिकलाई मृत्यु दण्ड घोषणा गरिएको थियो । ईन्डोनेसियाको सो कदमको बिरोधमा ब्रजिल र नेदरल्याण्डले आफ्नो देशका राजदुतलाई फिर्ता बोलाएका थिए ।