क्यासिनो सांग्रिला आजबाट पुनः सन्चालनमा आउने

माघ २०,काठमाडौँ-लामो समयदेखि बन्द रहेका १० मध्ये क्यासिनो सांग्रिला आजबाट पुनः सन्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो सन्चालनका लागि लगानिकर्ताहरुलाई हिजो अन्तिम स्विकृती दिएसंगै आजबाट सन्चालनमा हुन लागेको हो । सिल्भर हेरिटेज ग्रुपले राजधानिको लाजिम्पाटमा रहेको होटल सांग्रिला परिसरमा क्यासिनो चलाउनेछ । ग्रुपले क्यासिनो नियमावली २०७० अनुसार २५ करोड बैंक ग्यारेन्टिसहितको काजपत्र पर्यटन विभागमा बुझाएको जनाएको छ । क्यासिनो नियमावली मान्न अटेर गरी नविकरण नगर्ने र रोयल्टी नतिर्ने गरेपछि २०७० चैतबाट सबै क्यासिनो बन्द गराएको थियो ।