काठमाडौंको भोटेबहालमा बिहान बस पल्टीँदा १ जनाको मृत्यु

माघ २० ,काठमाडौं – काठमाडौंको भोटेबहालमा बिहान बस पल्टीँदा १ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाईते भएका छन् । कपनबाट कलंकीका लागि छुटेको बा १ ख ९६ ४१ नम्बरको बस पल्टिँदा गम्भीर घाईते भएका सहचालक लमजुङ पुरनकोटका माइला भनिने कुशल गुरुङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार बस तीब्र गतिका कारण पल्टीएको हो । घाइतेहरुको वीर अस्पतालमा नै उपचार भैरहेको छ ।