सनराइज बैंकको शाखा कार्यालयका सुरक्षा गार्डको घाँटी रेटेर हत्या

माघ २० ,उदयपुर – सनराइज बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड खेम बानियाँको घाँटी रेटेर हत्या भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ११ स्थीत रहेको बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड बानियाँको अज्ञात व्यक्तिले घाँटी रेटेर हत्या गरिएको हो ।

बैंक लुट्ने प्रयासस्वरुप बानियाँको हत्या गरिएको हुन सक्ने प्रहरी निरीक्षक डिल्ली चौहानले बताउँनु भएको छ ।  त्रियुगा नगरपालिका– ११ स्थित उदयपुर सिमेन्ट कारखाना परिसरमा रहेको उक्त बैंकमा रातीको समयमा लुटेरा समूहले वैंक लुट्ने प्रयास स्वरुप बैंकको सुरक्षागार्ड बानियाँको हत्या गरेको हुन सक्ने भन्दै प्रहरी अनुसन्धान अघि बढाएको छ ।बैंकका सुरक्षा गार्ड बानियाँ त्रियुगा नगरपालिका–८ निवासी हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी टेकबहादुर गुरुङको नेतृत्वको प्रहरी टोलीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।