जिल्लाव्यापी प्लस २ अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिता आजदेखि सुरु

माघ २० ,ललितपुर – ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा प्रथम ललितपुर जिल्लाव्यापी प्लस २ अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।प्रतियोगितामा ९ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं आयोजकका उपाध्यक्ष शरद विष्टले जानकारी दिनुभयो ।

सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूह ‘ए’ मा किस्क, क्यारेबियन, एसियन कलेज अफ म्यानेजमेन्ट, आइन्सटाइन र सगरमाथा रहेका छन् । त्यस्तै जेम्स, क्याम्पियन एकेडेमी, रातो बंगला र ओमेगा इन्टरनेसनल कलेज समूह ‘बी’ मा परेका छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । पहिलो हुनेले १५ हजार र दोश्रोले १० हजार नगद पुरस्कार पाउने छन् । एघार दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु राष्ट«िय खेलकुद परिषद् हाता र नखिपोटमा खेलाइने छ ।