आहा रारा गोल्डकप फुटवलको तयारी पूरा

माघ २० ,पोखरा– आजबाट पोखराको प्रतिष्ठत फुटवल प्रतियोगिता आहा रारा गोल्डकप सुरु हुँदैछ । सहारा क्लवद्धारा आयोजित प्रतियोगिताको १३ औं संस्करणमा बेलायतको अल्टरसट एफ.सी र भारतको कञ्चनजंघा क्लवसहित १२ टोलीको सहभागिता रहने भएको छ । सहाराका अध्यक्ष वीरभद्र आचार्यका अनुसार आजको उद्घाटन खेलमा आयोजक सहारा क्लव र बाराको नव जनजागृति क्लव प्रतिस्पर्धा गर्नेछन् ।

इलामा जारी माइभ्याली गोल्डकप फुपटवलको नतिजा हेरेर बाकी खेलतालिका तय गरिने आचार्यले बताउनुभयो । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ५१ हजार र उपविजेताले २ लाख १ हजार रुपैंया हात पार्नेछन् । बिधागततर्फ उत्कृष्ट हुनेले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले १५ हजार रुपैंया र सर्वोत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने सहारा क्लवका महासचिव केशवबहादुर थापाले बताउनुभयो ।