पेट्रोलियम पदार्थको भाउ घट्यो

माघ २० ,काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मुल्य पुन समायोजन गरेको छ । आजबाट लागु हुने गरी निगम सञ्चालक समितिले मुल्य समायोजन गरेको हो । निगामले मुल्य समायोजन गरे पछि पेट्रोलमा २ रुपैया ५० पैसा तथा मट्टितेल र डिजलमा १ रुपैया ५० पैसा घटेको छ ।

निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार नया मूल्य अनुसार पेट्रोल १ सय ९ रुपैया तथा डिजेल र मट्टितेल प्रतिलिटर ८६ रुपैय ५० पैसामा झरेको छ  । खाना पकाउने ग्यासको मूल्य भने यथावत कायम गरिएको छ । अन्तराष्ट«िय बजार अनुसार सरकारले पेट्रोलियम पदार्थको पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित मूल्य प्रण्ाँली लागू गरेको थियो।