श्रीस्वस्थानी ब्रत आज विशेष पूजाअर्चना गरी समापन गरिदै

माघ २० ,काठमाडौँ – पौष शुक्ल पूणिर्मा देखि सुरु भएको एक महिने लामो श्रीस्वस्थानी ब्रत आज विशेष पूजाअर्चना गरी समापन हुँदैछ । माघ शुक्ल पूणिर्माको दिन हुने व्रत विसर्जन पूजामा आज ब्रतालुहरुले एक सय आठ रोटी, पान, सुपारी, पुष्पगुच्छा, अक्षता लगायतले पूजा गर्दछन् ।

विशेष गरी काठमाडौंको शाली नदीमा एक महिनादेखि बसेका महिलाहरु ब्रत बिसर्जन गरी घर फकंर्दैछन् । पौराणिक कथनअनुसार हिमालय पुत्री पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको धामिर्क विश्वासअनुसार स्वस्थानीको श्रद्धापूर्वक ब्रत बस्ने र कथा सुन्ने परम्परा छ ।
स्वस्थानीको ब्रत बस्ने र कथा सुने रोगब्याधबाट मुक्ति पाइने, विछोड भएका आफन्तजनसँग मिलन हुने र सुयोग्य बर पाउने विश्वास गरिन्छ ।