नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

माघ २० ,काठमाडौँ – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीको नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा बिहान सुरु हुने बैठकमा पार्टीमा रिक्त पद पूर्ति गर्ने र आन्तरिक सुदृढीकरको बारेमा छलफल हुने सचिव देव गुरुङले जानकारी दिनुभयो ।

संविधान निर्माणका लागि सत्ताधारी र विपक्षी दलबीचको मतभेदको बारेमा आधिकारिक धारणा बनाउने बारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने सचिव गुरुङले बताउनुभयो । पार्टी कार्यालय बुद्धनगरमा हिजो बसेको केन्द्रीय समिति बैठकमा आजदेखिको बैठकमा छलफल हुने एजेण्डा बारे छलफल भएको थियो ।