प्रश्नावली प्रस्ताव उपसमितिको बैठक आज बस्दै

माघ २० ,काठमाडौँ –प्रश्नावली प्रस्ताव समितीको आजकोे बैठकमा संविधानका विवादित विषयमा प्रश्नावली तयार पारी प्रस्ताव उपसमितिले पेस गर्दैछ । दिउँसो ३ बजे बस्ने प्रस्ताव समितिको पूर्ण बैठकमा उपसमितीले बुझाएको प्रश्नावली छलफल गरेर पारित गरेपछि प्रश्नावलीले अन्तिम रुप पाउँने छ । पुर्ण बैठक बस्नु पुर्व संविधानका विवादित विषयमा प्रश्नावली तयार गर्न उपसमितीको बेठक पनि सिंहदरवारमा सुरु भएको छ ।

बैठकमा राज्यपुनर्संरचना, शासकीयस्वरुप, न्याय र निर्वाचन प्रणाली लगायतका विवादित विषयमा छलफलग गरी प्रश्नावली बनाइने उपसमिति सदस्य तथा माले महासचिव सीपी मैनालीले जानकारी दिनुभयो ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति, निक्र्यौल समिति र संविधानसभाको बैठकमा सभासद्हरुले उठाएको विषयवस्तु र अघिल्लो संविधानसभा बैठकका बिभिन्न समितिका निर्णयका आधारमा उपसमितिले प्रश्नावली तयार गर्नेछ । प्रश्नावली तयार गरेर उपसमितिले आजै दिउँसो ३ बजे बस्ने प्रस्ताव समितिको पूर्ण बैठकमा पेस गर्नेछ । समितिले छलफल गरेर पारित गरेपछि प्रश्नावलीले अन्तिम रुप पाउनेछ ।
एकीकृत माओवादी लगायत मधेसवादी दलका सदस्य समितिमा सहभागी नभए पनि उनीहरुको एजेण्डा सम्बोधन हुनेगरी प्रश्नावली तयार गरिने उपसमिति संयोजक अग्नि खरेलले बताउनुुभयो । हिजो बसेको प्रश्नावली प्रस्ताव समितिको पूर्ण बैठकले प्रश्नावली बनाउ खरेलको संयोजकत्वमा नौ सदस्यीय प्रश्नावली निर्माण उपसमिति गठन गरेको थियो ।
प्रश्नावली प्रस्ताव समितिले निर्धारित ५ दिनभित्र काम नसकेमा समय थप्न सकिने संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बताउनु भएको छ । दलहरुको विवादका विच सभा अध्यक्ष नेम्वाङले संविधान सभाको बैठक पनि बोलाउँनु भएको छ । ११ गते सभाअध्क्ष नेम्वाङ आफैले प्रश्नावली प्रस्ताव समिती घोषिणा गरे पछि थप रुष्ट बनेको एकीकृत माओवादी र मधेसवादी दल भने प्रस्ताव समितिको औचित्य नभएको भन्दै सडक आन्दोलनमा रहेका छन् । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा प्रश्नावली बनाउन नमिल्ने भनेपछि राप्रपा नेपालले समेत समिति बहिस्कार गर्दै संविधानसभाबाट बाहिरिने चेतावनी दिएको छ ।