एमाओवादीको धम्की र घुर्कीले केही लछारपाटो लगाउने वाला छैन – गृहमन्त्री गौतम

माघ १९ ,काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले एमाओवादी र उसको मोर्चाले विभिन्न पासा फ्याक्दैमा अब कोही पनि नडराउने र माओवादीले केही लछारपाटो नलगाउने दाबी गरेका छन् ।

सोमबार गृह जिल्ला पुगेका गृहमन्त्री गौतमले प्रतिपक्षीले आफ्नो धर्म छोजेर बाटो बिराउँदै गइरहेका ले उसलाई सच्चिन समेत आग्रह गरेका छन् । नेता गौतमले उसको धम्कीले संविधानसभाका सदस्यहरु नडराउने भन्दै पहिलो संविधानसभामा कांग्रेस–एमालेको बहुमत नहुँदा आजको दिन देख्नु परेको बताए । ठुला दललाई संविधान जारी गर्न नदिने चलखेल भइरहेको भन्दै उनले कुनै पनि हालतमा संविधान जारी गरेरै छोड्ने विश्वास समेत देखाए ।