संविधानसभा छाड्ने कमल थापाको चेतावनी

माघ १९ ,काठमाडौँ – राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्क्ष र संघीयता बारे संविधानसभामा मतदान नभए संविधानसभा छाड्ने चेतावनी दिएको छ । संविधानका विवादित विÈयमा प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण्ँ समितिले गण्ँतन्त्र, धर्मनिरपेक्ष  र संघीयताबारे प्रश्न उठाउन नपाइने निणर्य गरेपछि राप्रपा नेपालले अब सडक आन्दोलन थाल्ने घोषणा  गरेको छ ।

संसदीय दलको कार्यालय सिंहदरवारमा आज पत्रकार सम्मेलन गरी राप्रपा नेपालका अध्यक्ष  कमल थापाले प्रस्ताव समितिले संविधानसभाले दिएको म्याण्डेट विपरित गरेर निर्णय  गरेको दाबी गर्नुभयो । प्रस्ताव समितिको निणर्यलाई संविधानसभामा प्रस्तुत हुन नदिने भन्दै उहा“ले आकार र मता अनुसार सशक्त प्रतिरोध गर्ने बताउनु भयो  ।

यो निर्णय  नसच्याए संविधानसभा छाड्न सक्ने थापाले चेतावनी दिए । कांग्रेस र एमालेले संविधानसभामा भएका शक्तिहरुलाई एकपछि अर्को पाखा लगाउने काम गरेको उनको आरोप छ ।माओवादी र मधेसी मोर्चासग अब सडकमा भेट हुने भन्दै उनले सहकार्य हुन सक्ने बताए । तर, अहिले कुनै छलफल नभएको उनले प्रष्ट पारे ।