“VLCC वाक अ रन २०१५” यही माघ २४ गते शनिबार हुँदै

माघ १९ ,काठमाडौँ – काठमाडौं राउण्ड टेबल १ र रोटरी क्लब अफ बागमती द्वारा संयुक्त रुपमा आयोजना हुन लागेको “VLCC वाक अ रन २०१५” प्रतियोगिता यही माघ २४ गते शनिबार हुँदैछ ।  आज खेलकुद पत्रकार मन्च त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गरेर आयोजक ले सो बारे जानकारी गराएको हो ।

श्वस्थ र साक्षर नेपालको मुल नाराका साथ आयोजना हुन गइरहेको  उक्त प्रतियोगितामा २ बिधाहरु सम्मिलित गरिएको छ । जस अन्तर्गत पहिलो  बिधामा ५ मा ५ किलिमिटरको वाकथन रहेको छ भने दोस्रोमा कक्षा ९ देखी कक्षा १२ सम्मका भाईबहिनिहरुलाई लक्षित गरिएको छ भने दोस्रो विधाका ३ पुरुष र ३ महिला बिजेता लाइ १५ हजार १० हजार र ५ हजारको नगद पुरस्कारको व्यबस्था गरिएको छ ।

दशरथ रंगशालाबाट सुरु हुने उक्त प्रतियोगिता काठमाडौंका विभिन्न ठाउहरु हुदै पुन रंगशाला मा नै गएर टुंगिनेछ । प्रतियोगितामा वरिस्ट धावक बैकुण्ठ मानन्धर मूल प्रतिनिधिको को रुपमा रहनेछन भने   सबै विधा गरि १५ सयको हाराहारीमा सहभागिता हुने अनुमान गरिएको छ । यो प्रतियोगिता बाट संकलित रकम स्वास्थ्य तथा शिक्षा क्षेत्रको बिकासको लागि उपयोग गरिने आयोजकले जानकारी गराएका छन ।