इजिप्टद्वारा अल जजिराका पत्रकार ग्रेस्ट रिहा

काठमाडौँ-इजिप्टमा चार सय दिनसम्म बन्दी जीवन बिताएपछि मुक्त गरिएका अल जजिराका पत्रकार पिटर ग्रेस्टका परिवारले उनका दुईजना सहकर्मीहरु रिहा नहुञ्जेल उनले आराम नगर्ने बताएको छ। ग्रेस्टको रिहाईप्रति खुशी व्यक्त गर्दै उनलाई छुटाउन सहयोग गर्ने सबैलाई उनीहरुले धन्यवाद दिएका छन्।ब्रिस्बेनमा आयोजित एउटा पत्रकार सम्मेलनमा परिवारजनले ग्रेस्ट सुरक्षित, स्वस्थ र निकै खुशी भएको बताएका छन्।तर उनीहरुले भने, ूग्रेस्टले आफ्ना अन्य दुई साथीहरु मुक्त नभएसम्म आराम गर्ने छैनन्।ू    ग्रेस्टले आफ्ना अन्य दुई साथीहरु मुक्त नभएसम्म आराम गर्ने छैनन् । यसअघि इजिप्टले ग्रेस्टलाई रिहा गर्दै देश निकाला गरेको थियो। झुठा समाचारहरु फैलाएको र मुस्लिम ब्रदरहुडलाई सघाएको ग्रेस्टमाथि आरोप लगाईएको थियो।अल जजिराले ग्रेस्टलाई रिहा गर्ने निर्णयको स्वागत गर्दै उनका दुई जना सहकर्मी मोहम्मद फाह्मी र बाहेर मोहम्मदलाई पनि रिहा गर्न माग गरेको छ।मोहम्मद फाह्मी र बाहेर मोहम्मदलाई कहिले रिहा गरिने भन्ने स्पष्ट भएको छैन् इजिप्टको राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार, क्यानाडा र इजिप्टको नागरिकता भएका फाह्मीको इजिप्टको नागरिकता खारेज गरिएपछि उनलाई क्यानाडा पठाईनेछ। बिबिसी