संघीय समाजवादी पार्टीले गर्यो लिम्बुवान प्रदेश समितिको घोषणा

माघ १९ , धरान-संघीयताको चर्को ओकालत गर्दै आएको  समाजवादी पार्टी, नेपालले लिम्बुवान प्रदेश समिति घोषणा गरेको छ । पार्टीर्लाई प्रादेशिक संरचनामा लैजाने भन्दै  धरानबाट लिम्बुवान प्रदेश घोषणा गरिएको समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख रकम चेम्जोङले जानकारी दिए ।चेम्जोङका अनुसार  पार्टीले जम्मा १० प्रदेश घोषणा गर्ने योजना रहेको  पनि बताए । जसमध्ये लिम्बुवानपछि किरात, मधेश, शेर्पा, ताम्सालिङ, नेवाः, तमुवान, मगरात, थरूहट र खसान प्रदेश समिति घोषणा गरिनेछ । पार्टीको निर्णयअनुसार फागुन २० गतेसम्म राज्य समितिहरू घोषणा भइसक्ने बताइएको छ ।