त्रिभुवन आर्मी क्लब माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश

माघ १९ ,ईलाम – ईलाममा जारी अन्तर्रािष्ट्रय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज तेस्रो क्वार्टरफाइनल खेल हुने भएको छ । आजको प्रतियोगीतामा थ्रीस्टार क्लव र भारतको सिक्किम फुटबल क्लव विच प्रतिष्पर्धा हुने भएको छ ।

हिजोकोे दोस्रो क्वार्टरफाइनलमा झापा ११ लाई १–० ले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाईनल चरणमा प्रबेश गरेको छ । आर्मीले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो भने झापा ११ ले प्रिक्वार्टरफाइनलमा आयोजक माइभ्याली फुटबल क्लवलाई २–० ले पराजित गर्दै अन्तिम आठमा ठाउ बनाएको थियो । यसअघि भएको पहिलो क्वार्टरफाइनलमा बंगलादेशको टिमलाई ४–० ले पराजित गर्दै नेपाल पुलिस क्लवले अन्तिम चारमा ठाउ पक्का गरेको थियो ।