अपि हाइड्रोपावर कम्पनीले आज देखि शेयर निस्कासन

माघ १९ ,काठमाडौँ – अपि हाइड्रोपावर कम्पनीले आज देखि स्थानीयबासीका लागि १० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने भएको छ । स्थानीयले छिटोमा फागून ४ गते र ढिलोमा फागून २४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीका अध्यक्ष गुरु न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार दार्चुलाको गोकुलेश्वर र खलंगामा रहेको जनता बैंकको शाखा, परियोजनास्थल दार्चुलाको जेथला गाविस, बैतडीको सदरमुकाम गोठालापानीस्थित एनसीसी बैंक र टुरिज्म डेभलपमेन्ट बैंकमार्फत स्थानीयले आवेदन दिन सक्नेछन ।

त्यसैगरी, सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल क्यापिटल मार्केटका विभिन्न शाखाबाट पनि स्थानीयले आवेदन दिनसक्नेछन । दार्चुलाको नौगाढ खोलामा निर्माण भइरहेको आयोजनाको विद्युत उत्पादन क्षमता साढे ८ मेगावााट हो ।