काठमाडौको भृकुटीमण्डपमा आजबाट क्यान इन्फोटेक मेला सकिदै

माघ १९ ,काठमाडौँ –काठमाडौको भृकुटीमण्डपमा यहि माघ १४ गतेदेखि सुरु भएको क्यान इन्फोटेक मेला आज सकिदैछ । सूचना प्रविधि सहितका २ सय १९ स्टल राखिएको ईन्फोटेक मेला आज सकिने कम्प्यूटर एसोसिएसन नेपाल महासंघका अध्यक्ष विनोद ढकाल जानकारी दिनु भयो ।

कम्प्युटर प्रविधि सम्बन्धी मेलामा विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवामा विशेष छुटको व्यवस्था गरेका थिए । सुविसुले इन्टरनेट, सामसुङले दैनिक अफर, गोल्ड स्पोन्सर वेभ सर्भरद्धारा विभिन्न क्षेत्रमा ईन्टरनेट सेवा प्रदान लगायतमा ग्रहकहरुको लागी आकर्षक छुट तथा सेवाहरुको व्यवस्था रहेको थियो ।
एक्स्पो अवलोकन गर्न १ सय ५० रुपैयाँको टिकटको व्यवस्था राखिएको थियो भने विद्यार्थीलाई परिचय पत्र देखाए ७५ रुपैयाँमा नै अवलोकन गर्न पाउने व्यवस्था रहेको थियो ।