बिजुली सर्ट भई आगलागी हुँदा चार जनाको मृत्यु

माघ १९ ,धादिङ – धादिङको धुषा गाविसको चरौंदीमा बिजुली सर्ट भई आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राती एक बजेतिर भएको आगलागीबाट घरधनी किशोरचन्द्र थपलिया, उहाँका छोरी, ज्वाईं र नातीनीको जलेर मृत्यु भएको स्थानीयबासिन्दाले बताएका छन् ।

किशोरका भाइ पवन थपलियाको विवाह भएकाले विवाहको निम्तो मान्न आएकी किशोरकी छोरी योजना, श्रीमान र छोरीको समेत जलेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले आगलागीबाट चार जनाको ज्यान गएको र थप बिबरण आउन भने बाँकी रहेको बताउनुभयो । घर जलेर पुरै नष्ट भएको र केही सरसामान समेत बाहिर निकाल्न नसकिएको पनि प्रहरीले जनाएको छ ।
रातीको समयमा आगलागी भएकाले उद्धारमा निकै कठिनाई भएको र घर भित्र सुतिरहेका व्यक्तिलाई बाहिर निकाल्न नभ्याएको स्थानीयबासिन्दाले बताएका छन ।