नेकपा—माओवादीको केन्द्रीय समीतीको बैठक आज पनि बस्दै

माघ १९ ,काठमाडौँ – नेकपा—माओवादीको केन्द्रीय समीतीको बैठक आज पनि बस्दै छ । कुपण्डोल स्थीत नेवा राज्य कार्यालयमा बस्ने बैठकमा अध्यक्ष किरण बैद्यले ल्याउँनु भएको एजेण्डा माथि छलफल जारी रहने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा हिजो पोलिटब्युरो बैठकले तय गरेका एजेण्डा र सदस्यहरुबाट आएका सुझावका आधारमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार चन्द समूह फुटेर गएपछिको आन्तरिक संरचना र जिम्मेवारी बाँडफाँट तथा मुख्य रुपमा छलफल हुनेछ । पार्टीको राष्ट्रिय सम्मेलनले लिएका मुद्दा, राजनीतिक घटनाक्र, संगठन, संघर्षका विषयमा छलफल हिजोबाट जारी राखेको हो ।